काठमाडौं– राष्ट्रिय सभा सदस्य जयन्ती राईले अहिलेको सरकारमा राष्ट्रियता, लोकतन्त्र, धर्म निरपेक्षता विरोधीहरुको सहभागी हुँदा राष्ट्रियतामाथि खतरा बढेको र त्यो खतराबाट मुलुकलाई जोगाउन सरकारलाई विश्वासको मत दिएको बताएकी छन्।
नेकपा एकीकृत समाजवादीकी नेता समेत रहेकी राईले शुक्रबार राष्ट्रिय सभाको १३ औं बैठकलाई सम्बोधन गर्दै हजारौंको बलिदानबाट प्राप्त भएको संविधान कार्यान्वयन गर्न चुनौती रहेको बताइन्। राईले जनताले राजनीतिक पार्टीको विकल्प खोजिरहेको पनि दाबी गरिन्।
उनले हिजोको सरकार र आजको सरकारसँग जनताको थुप्रै आशा अपेक्षा रहेको बताउँदै सरकारमा गठबन्धन दल र समर्थन बढ्नु राम्रो पक्ष भएको बताइन्।
उनले कसैको विचार र पार्टीमाथि हस्तक्षेप गरि गाली गर्ने कुरा गलत संस्कार रहेको टिप्पणी गरिन्। उनले सरकारलाई गुण र दोषका आधारमा हेर्ने बताउँदै सरकारको नीति तथा कार्यक्रमलाई हेरेर समर्थन गर्ने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।