काठमाडौं– राष्ट्रिय सभाका सांसद जग प्रसाद शर्माले राष्ट्रिय एकता, सहकार्य, सुशासन र स्थिरताजस्ता आधार पूरा गरेर मात्रै समृद्धिको मिसन पूरा गर्न सक्ने बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको १३औं बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले संविधानले परिकल्पना गरेको समाजवादउन्मुखको उद्देश्य पूरा गर्नु पर्नेमा जोड दिए।
उनले गएको ५ वर्षमा सुशासन, स्थिरता र राष्ट्रिय एकताको सवालमा बहस, छलफल हुँदै एउटा नयाँ संस्लेषणको पक्षमा दलहरु आइपुगेको दाबी गरे।
उनले जनताको अपेक्षा पूरा गर्नेगरी वर्तमान सरकार अघि बढेको दाबी गरे। उनले विगतको जस्तो आरोप र प्रत्यारोप लगाउनेभन्दा राष्ट्रिय सहमतिमार्फत अघि बढ्न सरकारलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।