काठमाडौं- बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक निर्वाचित भएका छन्। उनी प्रदेश सभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा निर्वाचित भएका हुन्।
प्रदेश सभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका पाठक सहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिएका थिए।
प्रदेश सभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले तीन जना उम्मेदवारबीच प्रदेशसभा सदस्यहरुको मत विभाजनको प्रस्ताव पेस गरेका थिए।
प्रदेश सभाको शुक्रबार बसेको बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०९ जना सांसद उपस्थित भएका थिए।
राप्रपाका पाठकको पक्षमा प्रदेशसभाका ६२ जना सांसदहरुले हस्ताक्षरसहित समर्थन गरेका थिए भने उनको विपक्षमा ३९ जना उभिएका थिए। ७ जना सांसद तटष्थ रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।