काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन्।
उच्च अदालत पाटनले २० लाख धरौटी लिएर उनलाई रिहा गरेको हो। शुक्रबार बिहान उनलाई रिहा गर्नका लागि केन्द्रीय कारागार सुन्धाराबाट उच्च अदालत पाटन पुर्याइएको छ।
बिहीबार उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेपछि शुक्रबार उनलाई अदालत उपस्थित गराइएको हो।
नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालतको आदेशले लामिछाने थुनामा रहेका थिए।
थुनामा रहेका लामिछानेले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाई गर्दै उच्चले शर्तसहित लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।
अदालतको आदेश अनुसार लामिछानेको पक्षले वैक ग्यारेन्टी वा नगद राखेर धरौटीमा रिहा हुन लागेको हो। अदालतमा उनलाई रिहा गर्ने प्रक्रिया सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।