जनकपुर– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले शुक्रबार शपथ लिएका छन्। जनकपुरस्थित मधेस भवनमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री यादवले शपथ लिएपछि उनले ३ जना विना विभागीय मन्त्रीहरु नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका। मुख्यमन्त्री यादवको नेतृत्वमा एमालेबाट सरोज यादव, जनमत पार्टीका बसन्त कुशवाहा र जपाका संजय यादवले मन्त्रीको शपथ लिएका हुन्। उनीहरुको विभाग भने तोकिएको छैन।
शुक्रबार जनकपुरमा आयोजित शपथ कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु उपस्थित थिए।
मुख्यमन्त्री बनेका यादवलाई ७० संसदहरुले समर्थन गरेको छ। १०७ सदस्यीय मधेस प्रदेशमा सरकार गठनका लागि ५४ संसदको समर्थन आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।