काठमाडौं– अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन्।
शुक्रबार सुन्धारास्थित केन्दी्रय कारागारमा क्रिकेटर सन्दीपलाई भेटेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको रुमपा क्यानले उनलाई जिम्मेवारी दिनुपर्ने घिमिरेले बताए। उनले ले बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि भने सन्दीपलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने धारणा राखे। उनले आफूविरुद्धको मुद्दाका कारण सन्दीप क्यानको निलम्बनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने माग गरे।
‘सम्माननीय उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमो छोड्ने आदेश दिएको छ। पैसाको व्यवस्था उहाँको परिवारले गरिरहनुभएको छ। उच्च अदालतबाट फाइल जिल्ला अदालतमा गइसकेको छ। जिल्ला अदालतमा धरौटी जम्मा गरिसकेपछि जिल्ला अदालतको पत्र लिएर इन्टरनल प्रसेस यहाँ आएर गर्नेछौँ। उहाँको स्वास्थ्य परीक्षणपछि फेरि तारिख लिनुपर्ने हुन्छ, तारिख लिनका लागि जिल्ला अदालत गएर तारिख लिनेछौँ । शर्त राखिएका छन्, त्यसकै लागि जानकारी गराउन मैले भेटेर आएको हुँ,’ उनले भने, ‘उहाँ निलम्बनमा पर्नुभएको हो, कारबाहीमा होइन, जेलबाट छुटिसकेपछि पुनः उहाँलाई क्यानले कप्तानी दिनुपर्छ। क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ। क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर नेपालको कप्तान बनााउनुपर्छ।’
अधिवक्ता घिमिरेले अदालतले दिएको आदेशका बारेमा आफूले शुक्रबार सन्दीपलाई जानकारी गराएको बताए। उनले उच्च अदालतबाट फाइल जिल्ला अदालतमा जाने र जिल्ला अदालतमा धेरौटी जम्मा गरेर केही आन्तरिक काम पूरा गर्न पुनः कारागारमा जाने र त्यसपछि स्वास्थ्य परीक्षण गरी तारिखकका लागि जिल्ला अदालत पुगेर छुट्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।