धनगढी- सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यको मोबाइलमा एसएमएस र सभाको सूचना पाटीमा सूचना टाँस गर्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो।
‘सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँछौं,’ सचिव देवबहादुर बोगटीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।
प्रदेश सभा सचिवालयमा आज शुक्रबार सभामुख चयनका लागि निर्वाचनको कार्यतालिका रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।