काठमाडौं– नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गर्दै दुईवटा समिति बनाएको छ।
प्रचार-प्रसार समितिको संयोजकमा डा सन्तोष उपाध्याय र घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व मनोनित भएका छन्।
बिहीबार संघका अध्यक्ष अध्यक्ष दुजाङ शेर्पाले उनीहरुलाई संयोजक तोकेका हुन्। चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गठित यी समिति उपसमिति समेत गठन गर्नेछन्।
प्रचार समितिका उपाध्याय चिकित्सा अध्ययन संस्थानका पूर्वइकाई अध्यक्ष हुन्। गन्धर्व नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको तयारीमा जुट्नसमेत आह्वान गरिएको छ। समयमै निर्वाचन सम्पन्न गराउने त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण पनि गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।