गण्डकीका मुख्यमन्त्री अधिकारी (बायाँ) र प्रदेश १ का मुख्यमन्त्री कार्की
काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
एमाले सांसद अधिकारी गत पुस २५ मा गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए भने कार्की पुस २४ मा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए।
अधिकारी र कार्की दुवैले शुक्रबार दिउँसो १ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थन छ। एमालेका २२, नेकपा (माओवादी केन्द्र) का ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित राजीव गुरुङले उनलाई समर्थन गरेका थिए।
प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सहित ६० सांसदले मुख्यमन्त्री कार्कीलाई समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।