• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु निर्वाचन आइसक्यो तर विद्यार्थी संगठनमा भद्रगोल नै भद्रगोल

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, माघ १, २०७९  १०:४५
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति आगामी चैत ५ गतेका लागि तय गरेको छ। २०६५ सालदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तय भए पनि विद्यार्थी संगठनहरुको आन्तरिक तयारी भने कमजोर देखिएको छ। 

खासगरी ठूला पार्टी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुमा सांगठनिक भद्रगोल देखा परेको छ। 

नेपाल विद्यार्थी संघ केन्द्रले अझै पूर्णता पाएको छैन। सभापति डुजाङ शेर्पाले एकल रुपमा संगठन चलाइरहेको नेविसंघकै विद्यार्थी नेताहरुको आरोप छ। त्रिभुवन विश्वविद्यालयमा समेत नेविसंघ संगठनविहीन छ।

समिति विस्तार गर्नुको साटो नेविसंघ सभापति डुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचारप्रसार समितिको संयोजकमा डा सन्तोष उपाध्यायलाई मनोनित गरेका छन्।

नेविसंघको संगठन विस्तार गर्न नसकेका शेर्पाले विज्ञप्तिमार्फत समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगार सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएको ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्नका लागि स्ववियु निर्वाचन अनिवार्य सर्त भएको उल्लेख गरेका छन्। 

साथै उनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका सन्दर्भमा देशैभरका नेविसंघका कार्यकर्तालाई तयारीमा रहन आग्रह गरेका छन्। स्ववियु निर्वाचनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन भन्दै उनले नेविसंघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वलाई घोषणापत्र तयारी समितिको संयोजक र चिकित्सा अध्ययन संस्थानका पूर्व इकाई सभापति डा सन्तोष उपाध्यायलाई प्रचारप्रसार समितिको सभापतिमा नियुक्त गरेका छन्। 

सभापति शेर्पाको निर्णयमा नेविसंघकै नेताहरु सशंकित
नेविसंघ सभापति शेर्पाले गरेको निर्णयप्रति नेविसंघकै नेता–कार्यकर्ता सशंकित भएका छन्। उनीहरुले शेर्पाले आफ्नो कार्यकाल थप्ने प्रयत्न गरेको आरोप लगाएका छन्। नेविसंघ त्रिविका निर्वमान सचिव योगेन्द्र रावलले सभापति शेर्पाले  विद्यार्थी भुलाउँदै आफ्नो पदावधि थप्ने नियतले फण्डा गरेको आरोप लगाए। 

उनले स्ववियु निर्वाचन र केन्द्रीय कार्यसमिति विस्तारमा सभापति शेर्पा असक्षम भएको ठोकुवा गरे। उनले भने, ‘ हामी प्रष्ट छौँ, न उहाँसँग केन्द्रीय समिति विस्तार गर्ने आँट छ न स्ववियु निर्वाचन गर्न सक्ने ताकत। महाधिवेशनको मुख्य जिम्मेवारी पाएको व्यक्तिले विद्यार्थी माझ संघको १२औं महाधिवेशनको यथेष्ट कार्ययोजना प्रस्तुत गर्न पर्दैन?’

Ncell 2
Ncell 2

रावलले सभापति स्ववियु सभापतिको टिकट खोज्ने र नेविसंघ केन्द्रीय सदस्यमा स्पेस खोज्नेहरुको निश्चित भीडमा रमाइरहेको आरोप समेत लगाए।

सभापति शेर्पाले भने माघ महिनाभित्र क्याम्पसहरुमा नेविसंघका समितिहरु विस्तार गरिसक्ने बताए। उनले भने, ‘माघभरि विश्वविद्यालय क्याम्पसहरुमा हामी संगठन विस्तारमा लाग्छौं। अबको एक हप्ताभित्र केन्द्रीय कमिटी पनि आउँछ। काठमाडौं भ्याली भित्रका क्याम्पसहरुमा यो माघभित्र अधिवेशन गरेर फागुनमा स्ववियुको प्रचारप्रसार गरी चैत ५ को स्ववियु निर्वाचनमा होमिन्छौं।’

सभापति शेर्पाले घोषणापत्र र प्रचारप्रसार मुख्य कुरा भएको बताउँदै त्यसलाई अघि बढाएको दावी गरे। पार्टीले नै साउन मसान्तभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको स्वीकार गर्दै स्थानीय निर्वाचन र संघ–प्रदेशको निर्वाचन सँगसँगै आएका कारण पूर्णता दिन नसकेको बताए। उनले स्ववियु निर्वाचन लगत्तै केन्द्रीय महाधिवेशन गर्ने प्रतिवद्धता समेत गरे।

अनेरास्ववियुमा स्ववियु पहिला कि महाधिवेशन पहिला भन्ने विवाद 
यसैगरी सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्व गरिरहेकी अध्यक्ष सुनिता बराल एमालेबाट समानुपातिक सांसदमा निर्वाचित भइन्। बराल सांसदमा निर्वाचित भइसकेपछि अनेरास्ववियुको नेतृत्वले कसले लिने भन्नेबारेमा अहिले संगठनभित्र विभिन्न व्यक्तिहरु आकांक्षी देखिएका छन्। 

अनेरास्ववियुका नेता विजन रेग्मीले संगठनमा फरकमत राख्नेलाई घाँटी निमोठ्ने प्रचलन हावी रहेको आरोप लगाएका छन्। उनले संगठनका नेताहरु विद्यार्थीबीच नभएर नेताका अघिपछि लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रातभरि कुरेर भए पनि पार्टी नेतृत्वसँग बसेको फोटो खिच्यो। जता गयो त्यतै मेरा बा–आमा भन्यो। संगठनको नेतृत्व भेट्यो, मेरो दाइ र दिदी भन्दै दिनमा चार पटक सामाजिक सञ्जालमा फोटो हालेर बस्यो। विद्यार्थीको मुद्दामा चुइक्क बोल्नु छैन। टियुको लापरबाहीले लाखौं विद्यार्थीको भविष्य अन्योलमा छ, मतलब छैन।’ 

उनले कफी सपमा बसेर गफ चुट्दैमा अहिलेको डिजिटल युगका विद्यारथीको आवश्यकता र आन्दोलनलाई सम्बोधन गर्न सकिएला? भन्दै प्रश्न गरेका छन्। 

अनेरास्ववियु २३औं राष्ट्रिय महाधिवेशन स्ववियुको निर्वाचन अघि या पछि गर्नेबारे पनि अन्योल देखिएको छ। 

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले संगठनको स्वस्थता हाम्रो प्रतिबद्धता, स्ववियु निर्वाचन हाम्रो प्राथमिकता भन्ने नारासहित अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी गरिरहेको दावी गरे। उनले राष्ट्रिय महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

उनले भने, ‘राष्ट्रिय महाधिवेशनका बारेमा स्ववियु निर्वाचन अगाडि कि पछाडि भन्ने कुरामा विवाद छ। स्ववियु निर्वाचन पछि गरौं भन्ने अधिंकाश साथीहरुको मत रहेको छ।’

उनले थपे, ‘तल्ला कमिटीका नियमित अधिवेशन, सम्मेलनका साथै स्वतन्त्र युनियनको चुनावको तयारीमा लाग्छौं। अरु संघ–संगठनहरुलाई पनि स्ववियु निर्वाचनका लागि डोर्‍याएर ल्याउँछौं। स्वतन्त्र विद्यार्थीको निर्वाचन सकिएपछि महाधिवेशनमा केन्द्रित हुन्छौं।’

यो पनि पढ्नुहोस

स्ववियु निर्वाचनको तयारी अघि बढाउन त्रिविको निर्देशन 

  

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १०:४५
  • #स्ववियु निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्