• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु निर्वाचन आइसक्यो तर विद्यार्थी संगठनमा भद्रगोल नै भद्रगोल

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, माघ १, २०७९  १०:४५
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति आगामी चैत ५ गतेका लागि तय गरेको छ। २०६५ सालदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तय भए पनि विद्यार्थी संगठनहरुको आन्तरिक तयारी भने कमजोर देखिएको छ। 

खासगरी ठूला पार्टी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुमा सांगठनिक भद्रगोल देखा परेको छ। 

नेपाल विद्यार्थी संघ केन्द्रले अझै पूर्णता पाएको छैन। सभापति डुजाङ शेर्पाले एकल रुपमा संगठन चलाइरहेको नेविसंघकै विद्यार्थी नेताहरुको आरोप छ। त्रिभुवन विश्वविद्यालयमा समेत नेविसंघ संगठनविहीन छ।

समिति विस्तार गर्नुको साटो नेविसंघ सभापति डुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचारप्रसार समितिको संयोजकमा डा सन्तोष उपाध्यायलाई मनोनित गरेका छन्।

नेविसंघको संगठन विस्तार गर्न नसकेका शेर्पाले विज्ञप्तिमार्फत समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगार सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएको ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्नका लागि स्ववियु निर्वाचन अनिवार्य सर्त भएको उल्लेख गरेका छन्। 

साथै उनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका सन्दर्भमा देशैभरका नेविसंघका कार्यकर्तालाई तयारीमा रहन आग्रह गरेका छन्। स्ववियु निर्वाचनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन भन्दै उनले नेविसंघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वलाई घोषणापत्र तयारी समितिको संयोजक र चिकित्सा अध्ययन संस्थानका पूर्व इकाई सभापति डा सन्तोष उपाध्यायलाई प्रचारप्रसार समितिको सभापतिमा नियुक्त गरेका छन्। 

सभापति शेर्पाको निर्णयमा नेविसंघकै नेताहरु सशंकित
नेविसंघ सभापति शेर्पाले गरेको निर्णयप्रति नेविसंघकै नेता–कार्यकर्ता सशंकित भएका छन्। उनीहरुले शेर्पाले आफ्नो कार्यकाल थप्ने प्रयत्न गरेको आरोप लगाएका छन्। नेविसंघ त्रिविका निर्वमान सचिव योगेन्द्र रावलले सभापति शेर्पाले  विद्यार्थी भुलाउँदै आफ्नो पदावधि थप्ने नियतले फण्डा गरेको आरोप लगाए। 

उनले स्ववियु निर्वाचन र केन्द्रीय कार्यसमिति विस्तारमा सभापति शेर्पा असक्षम भएको ठोकुवा गरे। उनले भने, ‘ हामी प्रष्ट छौँ, न उहाँसँग केन्द्रीय समिति विस्तार गर्ने आँट छ न स्ववियु निर्वाचन गर्न सक्ने ताकत। महाधिवेशनको मुख्य जिम्मेवारी पाएको व्यक्तिले विद्यार्थी माझ संघको १२औं महाधिवेशनको यथेष्ट कार्ययोजना प्रस्तुत गर्न पर्दैन?’

Ncell 2
Ncell 2
nimb
nimb

रावलले सभापति स्ववियु सभापतिको टिकट खोज्ने र नेविसंघ केन्द्रीय सदस्यमा स्पेस खोज्नेहरुको निश्चित भीडमा रमाइरहेको आरोप समेत लगाए।

सभापति शेर्पाले भने माघ महिनाभित्र क्याम्पसहरुमा नेविसंघका समितिहरु विस्तार गरिसक्ने बताए। उनले भने, ‘माघभरि विश्वविद्यालय क्याम्पसहरुमा हामी संगठन विस्तारमा लाग्छौं। अबको एक हप्ताभित्र केन्द्रीय कमिटी पनि आउँछ। काठमाडौं भ्याली भित्रका क्याम्पसहरुमा यो माघभित्र अधिवेशन गरेर फागुनमा स्ववियुको प्रचारप्रसार गरी चैत ५ को स्ववियु निर्वाचनमा होमिन्छौं।’

सभापति शेर्पाले घोषणापत्र र प्रचारप्रसार मुख्य कुरा भएको बताउँदै त्यसलाई अघि बढाएको दावी गरे। पार्टीले नै साउन मसान्तभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको स्वीकार गर्दै स्थानीय निर्वाचन र संघ–प्रदेशको निर्वाचन सँगसँगै आएका कारण पूर्णता दिन नसकेको बताए। उनले स्ववियु निर्वाचन लगत्तै केन्द्रीय महाधिवेशन गर्ने प्रतिवद्धता समेत गरे।

अनेरास्ववियुमा स्ववियु पहिला कि महाधिवेशन पहिला भन्ने विवाद 
यसैगरी सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्व गरिरहेकी अध्यक्ष सुनिता बराल एमालेबाट समानुपातिक सांसदमा निर्वाचित भइन्। बराल सांसदमा निर्वाचित भइसकेपछि अनेरास्ववियुको नेतृत्वले कसले लिने भन्नेबारेमा अहिले संगठनभित्र विभिन्न व्यक्तिहरु आकांक्षी देखिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनेरास्ववियुका नेता विजन रेग्मीले संगठनमा फरकमत राख्नेलाई घाँटी निमोठ्ने प्रचलन हावी रहेको आरोप लगाएका छन्। उनले संगठनका नेताहरु विद्यार्थीबीच नभएर नेताका अघिपछि लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रातभरि कुरेर भए पनि पार्टी नेतृत्वसँग बसेको फोटो खिच्यो। जता गयो त्यतै मेरा बा–आमा भन्यो। संगठनको नेतृत्व भेट्यो, मेरो दाइ र दिदी भन्दै दिनमा चार पटक सामाजिक सञ्जालमा फोटो हालेर बस्यो। विद्यार्थीको मुद्दामा चुइक्क बोल्नु छैन। टियुको लापरबाहीले लाखौं विद्यार्थीको भविष्य अन्योलमा छ, मतलब छैन।’ 

उनले कफी सपमा बसेर गफ चुट्दैमा अहिलेको डिजिटल युगका विद्यारथीको आवश्यकता र आन्दोलनलाई सम्बोधन गर्न सकिएला? भन्दै प्रश्न गरेका छन्। 

अनेरास्ववियु २३औं राष्ट्रिय महाधिवेशन स्ववियुको निर्वाचन अघि या पछि गर्नेबारे पनि अन्योल देखिएको छ। 

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले संगठनको स्वस्थता हाम्रो प्रतिबद्धता, स्ववियु निर्वाचन हाम्रो प्राथमिकता भन्ने नारासहित अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी गरिरहेको दावी गरे। उनले राष्ट्रिय महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

उनले भने, ‘राष्ट्रिय महाधिवेशनका बारेमा स्ववियु निर्वाचन अगाडि कि पछाडि भन्ने कुरामा विवाद छ। स्ववियु निर्वाचन पछि गरौं भन्ने अधिंकाश साथीहरुको मत रहेको छ।’

उनले थपे, ‘तल्ला कमिटीका नियमित अधिवेशन, सम्मेलनका साथै स्वतन्त्र युनियनको चुनावको तयारीमा लाग्छौं। अरु संघ–संगठनहरुलाई पनि स्ववियु निर्वाचनका लागि डोर्‍याएर ल्याउँछौं। स्वतन्त्र विद्यार्थीको निर्वाचन सकिएपछि महाधिवेशनमा केन्द्रित हुन्छौं।’

यो पनि पढ्नुहोस

स्ववियु निर्वाचनको तयारी अघि बढाउन त्रिविको निर्देशन 

  

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १०:४५
  • #स्ववियु निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्