काठमाडौं– मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न टिकट नपाएपछि नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
शुक्रबार २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले निर्वाचनपछि नै समाजवादीसँग पार्टी प्रवेशका बारेमा छलफल चलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।