धनगढी– सुदूरपश्चिम प्रदेशमा सभामुखका दाबेदार रहेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भीमबहादुर भण्डारीले पक्षमा २६ र नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन्।
कसैले पनि बहुमत नपाएपछि सभामुख चयनका लागि शुक्रबार बिहान ११ बजे बैठक आह्वान गरिएको छ।
सभामुखका उम्मेदवार भण्डारीका पक्षमा भएको मतदानमा एक मत अन्यमा परी बदर भएको थियो।
५३ सदस्यमध्ये ५० जना सदस्य मतदानमा भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।