धनगढी– सपथ ग्रहणलगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले पहिलो निर्णय शासकीय सुधार गर्नेे जनाएका छन्।
उनले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ’सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन्।

उक्त कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहेका छन्। सात दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।