काठमाडौं– नेपाल प्रहरीका १७ जना नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ। डीआईजीको सरुवा हुँदा ७ वटै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।
प्रदेश १ का प्रहरी प्रमुख सुदिप गिरीको प्रहरी प्रधान कार्यालयअन्तर्गत विशेष ब्यूरोमा सरुवा भएको छ। प्रदेश १ मा साइबर ब्यूरोका डीआईजी श्यामलाल ज्ञवालीको सरुवा भएको छ।
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी मसाउद आलम खाँको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएको छ। मधेस प्रदेश प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट डीआईजी बसन्त बहादुर कुँवरको सरुवा भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा सरुवा भएको छ। बागमती प्रदेश प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट दिपक थापाको सरुवा भएको छ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी रामदत्त जोशीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ। गण्डकी प्रदेश प्रहरी प्रमुखमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट डीआईजी बुद्धिराज गुरुङको सरुवा भएको छ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी नल प्रसाद उपाध्यायको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट टेक प्रसाद राईको सरुवा भएको छ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी कोषराज पोख्रेलको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट भिम प्रसाद ढकालको सरुवा भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी मोहन कुमार आचार्यको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा सरुवा भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट डीआईजी अशोक सिंहको सरुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।