काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको कामको कटाक्ष गरेका छन्।
उनले शुक्रबार बिहीबार सामाजिक सञ्जालमा कटाक्ष गरेका हुन्।
‘सहरको अर्थ–राजनीति, काठमाडौंको आत्मा, गरिबीको अर्थतन्त्र, नयाँ र पुराना शासकहरूको सनक, सम्भावित सहरी विद्रोह हुन्छ,’ उनले फेसबुकमामा लेखेका छन्, ‘बेलैमा सोचुन्। नत्र आँधी आउँछ–आउँछ।’
काठमाडौं महानगरले केही दिनअघि मात्रै फुटपाथ व्यापार हटाउन पुनः सूचना जारी गरेको थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले महानगरको उक्त कदममाथि यस्तो टिप्पणी गरेका हुन्।
मेयर बालेनले विनातयारी सुकुम्बासी हटाउनेदेखि साना व्यापारीहरूलाई सडकबाट हटाउने अभियानले आलोचना खेप्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।