फाइल तस्बिर।
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार मुख्यमन्त्री नियुक्त भएका गिरीले बिहीबार शपथ लिएका हुन्।
गिरीले लुम्बिनी प्रदेशको राजधानी दाङमा शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन्। गिरीपछि दुई मन्त्रीले पनि शपथ लिएका छन्। तर, उनीहरुको मन्त्रालय भने तोकिएको छैन।
शपथ लिने मन्त्रीहरुमा एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्णा केसी छन्।
गिरीले बुधबार ५८ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनलाई एमाले (२९), माओवादी केन्द्र (१०), राप्रपा (४), नागरिक उन्मुक्ति पार्टी (४), जनता समाजवादी पार्टी (३), लोसपा (३) र स्वतन्त्र सांसद्हरु सुरुल पुन र खड्ग बस्नेतको समर्थन थियो।
उनी लुम्बिनी प्रदेशका चौंथो मुख्यमन्त्री हुन्। यसअघि सो प्रदेशमा शंकर पोखरेल दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए। उनीपछि कुलप्रसाद केसी मुख्यमन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।