काठमाडौं– नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गर्दैछन्।
आफ्नो निवासमा २ बजेदेखि देउवाले अनौपचारिक छलफलका लागि पार्टीका पदाधिकारीसहित पूर्वपदाधिकारीलाई बोलाएका छन्।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि अब सभामुख, उपसभामुखको निर्वाचभनमा कांग्रेस कसरी जाने र त्यसलगत्तै हुने राष्ट्रपति निर्वाचनमा बारेमा कसरी अगाडि बढ्ने भन्ने चासो चौतर्फी छ।
सभामुखको निर्वाचन आउँदो ५ गते हुने प्रतिनिधि सभाले तय गरिसकेको छ। देउवाले यी वियषमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीहरुलाई बोलाएको देउवाको सचिवालयको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।