काठमाडौं– जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता वार्ता हुँदैछ। वार्ताका लागि कार्यदलले बिहीबार मध्यान्ह १२ बजे सिंह दरबारमा बैठक बोलाएको छ।
उक्त बैठकमा जसपाका तर्फबाट समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन्। यता नेकपा एकीकृतका तर्फबाट बेदुराम भुसाल, डा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन्।
मूलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनबिन्दु खोज्न कार्यदललाई सकस देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।