काठमाडौं– बागमती प्रदेश सभाको सभामुखका लागि दुई उम्मेदवार मैदानमा हुने भएका छन्। सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएको छ भने नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको छ।
सत्ता गठबन्धनको बहुमत रहेको बागमती प्रदेशमा राप्रपाले सभामुखका लागि महामन्त्री भुवन पाठकलाई उम्मेवार बनाउने निर्णय गरेको छ।
त्यस्तै नेपाली कांग्रेसले शिवराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। दुवै समानुपातिकबाट प्रदेश सभा ससदस्य भएका थिए।
काठमाडौं क्षेत्र नम्बर २ बाट पाठक प्रदेश सभा निर्वाचित भएका हुन् भने अधिकारी धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।
सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल नेपाली काग्रेससँग ३७ सांसद छन्। एमाले २७,माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सासद रहेका छन्।
मुख्यमन्त्रीमा यसअघि नै माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रका विचमा आलोपालो सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।