• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सातै प्रदेशले पाए नयाँ मुख्यमन्त्री

64x64
नेपाल लाइभ बुधबार, पुस २७, २०७९  २०:४७
1140x725

काठमाडौं- बुधबार थप चार प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सातै वटा प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन्। बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाएका हुन्।

यसअघि गत पुस २४ गते प्रदेश १ र पुस २५ गते बागमती र गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए। ती तीन प्रदेशमा क्रमशः हिक्मत कार्की, शालिकराम जम्कट्टेल र खगराज अधिकारी नियुक्त भएका थिए।

बुधबार मधेस प्रदेशमा सरोजकुमार यादव, लुम्बिनी प्रदेशमा लीला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश १ : कार्कीलाई ६० सांसदको समर्थन

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

कार्कीले आइतबार नै एमाले–माओवादीसहित ४ दलको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए। कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना प्रदेश सांसद्‌को हस्ताक्षर (समर्थन)सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 

कार्कीले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। साथै, कार्कीले एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बुलाई मन्त्री बनाएका छन्। तर, उनीहरुलाई मन्त्रालय तोकिएको छैन।

प्रदेश प्रमुख खापुङले पुस १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  पुस २४ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुसार कार्कीले आइतबार ५ बज्नुअघि नै एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा दाबी पेस गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

मुख्यमन्त्रीका लागि प्रदेश १ मा न्युनमत ४७ सिटको आवश्यकता पर्छ। प्रदेश १ सभामा ९३ सांसद छन्।

कार्की गत पुस १० गते सर्वसम्मत रुपमा एमाले संसदीय दलको नेतामा चयन भएका थिए। त्यसदिन बसेको एमालेको नवनिर्वाचित प्रदेश सभा सदस्यको भेलामा तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा उनी संसदीय दलको नेता चयन भएका थिए।

कार्की प्रदेश १ को पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्। त्यस्तै, उनी एमालेको स्थायी कमिटी सदस्य समेत हुन्। मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनी झापा- ५ (१) बाट निर्वाचित भएका थिए। 

माओवादी केन्द्रले पनि यो प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको थियो। तर अन्तिममा एमालेले लिने सहमति भएसँगै कार्कीको लागि बाटो खुलेको हो।

मधेस प्रदेशः यादवलाई ६३ सांसदको समर्थन

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भए। जसपाबाट निर्वाचित यादवले बुधबार नै एमाले (२३), जनता समाजवादी पार्टी (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (७), राष्ट्रिय प्रजातन्त्र पार्टी (१), नागरिक उन्मुक्ति पार्टी (१) र स्वतन्त्र सांसदहरु सुरिता साह र अनुरुध सिंहको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। १०७ सदस्यीय मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनतम ५४ सांसद आवश्यक पर्छ। यादवले दाबी पेश गर्दा ६३ सांसदको समर्थन पाएका छन्।

यसअघि, मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले गत पुस २२ गते मुख्यमन्त्रीमा दाबी पेश गर्न पुस २८ गते (बिहीबार) सम्मका लागि समय दिएका थिए। यादवले दाबी पेश गरेपछि प्रदेश प्रमुख मिश्रले बुधबार नै नियुक्त गरेका हुन्।

संघीय सरकारका साझेदार दलहरुबीच पुस २४ गते भएको सहमति अनुसार यो प्रदेशको सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्नेछन्। पहिलो चरणमा जसपाले पालो पाएको हो।

मुख्यमन्त्री नियुक्त भएका यादव गत पुस २५ गते जसपाको संसदीय दलको नेता चयन भएका थिए। मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउत र यादव आकांक्षी भएपछि संसदीय दलको नेताका लागि निर्वाचनको तयारी अगाडि बढेको थियो। दुवैले उम्मेदवारी पनि दिएका थिए। तर पछि राउतले आफ्नो उम्मेदवारी फिर्ता लिएर यादवलाई समर्थन गरेपछि यादव नै चयन भएका थिए।

यादव मधेस प्रदेशका दोस्रो मुख्यमन्त्री हुन्। प्रदेश सभाको अघिल्लो कार्यकालमा राउत पूर्ण अवधि मुख्यमन्त्री बनेका थिए।

मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा यादव बारा- १ (ख) बाट निर्वाचित भएका थिए। उनले कांग्रेस उम्मेदवार नागेन्द्रप्रसाद कानुलाई पराजित गरेका हुन्। उनी २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित भएर सभामुखको भूमिका निर्वाह गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएपछि यादवले मधेस प्रदेशमा धेरै चुनौतीहरु रहेको भन्दै सबैसँग मिलेर त्यसलाई समाधान गर्ने बताए। आफ्नो पार्टीको एकल सरकार नभएकोले भन्दै उनले चुनौती समाधान र भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

बागमती प्रदेश : जम्कट्टेललाई ७० सांसदको समर्थन

माओवादी केन्द्रका जम्कट्टेलले सोमबार एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित सोमबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ती सबै पार्टीको गरी उनलाई ७० सांसदको समर्थन देखिन्छ। ११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ५६ सांसदको समर्थन आवश्यक पर्छ।

संघमा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘लाई विश्वासको मत दिने वा नदिनेबारे प्रष्ट निर्णय नगर्दै बागमती प्रदेशमा भने मुख्यमन्त्रीमा जम्कट्टेलाई समर्थन जनाएको थियो।

उनी पुस १६ गते संसदीय दलको नेतामा चयन भएका थिए। त्यस दिन काठमाडौंमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

प्रदेश संसदीय दलको नेताका लागि माओवादी केन्द्रका बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीको पनि दाबी थियो। उनले चुनावको तयारी पनि गरेका थिए। तर, चुनावै नगराई जम्कट्टेललाई संसदीय दलको नेता बन्ने वातावरण बनाइएको थियो।

जम्कट्टेल सोही प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्। उनी यो प्रदेशका चौंथो मुख्यमन्त्री हुन्। यसअघि यस प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री भइसकेका छन्।

मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा जम्कट्टेल धादिङ- १ (ख) बाट प्रदेश सभामा सदस्यमा निर्वाचित भएका थिए।

गण्डकी प्रदेश : अधिकारीलाई ३३ सांसदको समर्थन

नेकपा एमालेका खगराज अधिकारीले सोमबार एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र (दीपक मनाङे)को समर्थनसहित दिउँसो साढे २ बजे मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ती सबैगरी उनलाई ३३ सांसदको समर्थन देखिन्छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ३१ सांसदको समर्थन आवश्यक पर्छ।

संघीय गृहमन्त्री समेत भइसकेका अधिकारी यसपटक मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश सभा सदस्यका लागि निर्वाचन लडेका थिए। उनी कास्की- १ (क) बाट निर्वाचित भएका हुन्। उनी एमालेको संगठन विभाग प्रमुख पनि हुन्।

अधिकारी गत पुस १० गते संसदीय दलको नेतामा चयन भएका थिए। त्यसदिन बसेको संसदीय दलको बैठकमा लिलाबहादुर थापाले अधिकारीलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए। त्यस्तै, रोशन गाहा मगरले समर्थन गरेका थिए। बैठकले उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो।

अधिकारी गण्डकी प्रदेशका तेस्रो मुख्यमन्त्री हुन्। यसअघि सो प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री भइसकेका छन्।

अधिकारीले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। साथै, तीन मन्त्री नियुक्त गरेका छन्। उनीहरुले पनि शपथ लिएका छन्। उनीहरुको मन्त्रालय भने तोकिएको छैन। शपथ लिनेहरुमा एमालेबाट सीता सुन्दास, माओवादी केन्द्रबाट हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ छन्।

लुम्बिनी प्रदेश : गिरीलाई ५८ सांसदको समर्थन

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन्। एमालेबाट निर्वाचित गिरीले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

गिरीले एमाले (२९), माओवादी केन्द्र (१०), राप्रपा (४), नागरिक उन्मुक्ति पार्टी (४), जनता समाजवादी पार्टी (३) लोसपा (३) र स्वतन्त्र सांसद्हरु सुरुल पुन र खड्ग बस्नेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। उनलाई ५८ सांसदको समर्थन रहेको देखिन्छ। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ४४ सांसदको समर्थन आवश्यक पर्छ।

संघीय सरकारका साझेदार दलहरुबीच गत पुस २४ मा लुम्बिनी प्रदेशमा एमालेले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए। त्यसप्रति माओवादीका प्रदेश नेताहरुले असन्तुष्टि जनाएका थिए। बुधबार एमाले र माओवादीका प्रदेश नेताहरुले बराबर कार्यकाल आधाआधा सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरेको बताइएको छ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गते पुस २१ गते मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि पुस २७ सम्मको समय दिएका थिए। गिरीले समयभित्रै दाबी पेश गरेपछि शेरचनले बुधबार नै मुख्यमन्त्री नियुक्त गरेका हुन्।

गिरी २०७९ पुस १७ गते संसदीय दलको नेतामा चयन भएका थिए। त्यस दिन दाङको देउखुरीमा बसेको एमाले संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा गिरी रुपन्देही- २(१) बाट निर्वाचित भएका थिए। उनी शंकर पोखरेल मुख्यमन्त्री भएका बेलामा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए।

उनी लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री हुन्। यसअघि सो प्रदेशमा शंकर पोखरेल दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए। उनीपछि कुलप्रसाद केसी मुख्यमन्त्री भएका थिए।

कर्णाली प्रदेश : शर्मालाई २५ सांसदको समर्थन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त भएका छन्। माओवादी केन्द्रबाट निर्वाचित शर्माले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

शर्मालाई माओवादी केन्द्र (१३), एमाले (१०), राप्रपा (१) र एकीकृत समाजवादी (१) को समर्थनसहित दाबी पेश गरेका थिए। उनलाई २५ सांसदको समर्थन देखिन्छ। ४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत २१ सांसदको समर्थन आवश्यक पर्छ।

यसअघि कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पुस २१ मा मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि पुस २७ बेलुका ५ बजेसम्मको समयसीमा दिएका थिए। सोही अनुसार दाबी पेश गरेका शर्मालाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

संघीय सरकारका साझेदार दलहरुबीच गत पुस २४ मा कर्णाली प्रदेशमा माओवादी केन्द्रले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए। त्यसप्रति एमालेका प्रदेश नेताहरुले असन्तुष्टि जनाएका थिए। बुधबार एमाले र माओवादीका प्रदेश नेताहरुले बराबर कार्यकाल आधाआधा सरकारको नेतृत्व गर्ने सहमति गरेको बताइएको छ।

शर्मा गत पुस १३ गते नै संसदीय दलको नेतामा चयन भएका थिए। त्यस दिन बसेको ससदीय दलको बैठकले शर्मालाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो। कर्णाली प्रदेशमा माओवादी केन्द्रका सांसदहरु बिन्दमान विष्ट, कृष्ण बहादुर जीसी र दुर्गबहादुर रावत पनि संसदीय दलको नेताको आकांक्षी थिए। तर, अन्तिममा शर्माको नाममा सहमति जुटेको थियो।

शर्मा मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा शर्मा रुकुम पश्चिम- १ (२) बाट निर्वाचित भएका थिए।

शर्मा कर्णाली प्रदेशका तेस्रा मुख्यमन्त्री हुन्। कर्णाली प्रदेश सभाको अघिल्लो कार्यकालमा महेन्द्र शाही र जीवनबहादुर शाही मुख्यमन्त्री भएका थिए।

सुदूरपश्चिम प्रदेश : रावललाई २९ सांसदको समर्थन

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। एमालेबाट निर्वाचित पाठकले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

रावलले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यसरी उनलाई २९ सांसदको समर्थन देखिन्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत २७ सांसदको समर्थन आवश्यक पर्छ।

यसअघि पुस २० गते प्रदेश प्रमुख देवराज जोशीले पुस २० गते मुख्यमन्त्रीमा दाबी गर्नका लागि पुस २७ बेलुका ५ बजेसम्मको समयसीमा दिएका थिए। सोही अनुसार दाबी पेश गरेका रावललाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

संघीय सरकारका साझेदार दलहरुबीच गत पुस २४ मा सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले पाँच वर्ष आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए। सोहीअनुसार पहिलो चरणमा एमालेका रावलले अवसर पाएका हुन्।

रावल गत पुस १६ गते संसदीय दलको नेतामा चयन भएका थिए। त्यस दिन बिहान बसेको संसदीय दलको पहिलो बैठकले रावललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो।

उनी प्रदेश सभाका समानुपातिक सांसद हुन्। उनी कञ्चनपुरबाट निर्वाचित भएका हुन्।

रावल सुदूरपश्चिम प्रदेशका दोस्रा मुख्यमन्त्री हुन्। प्रदेश सभाको अघिल्लो कार्यकालमा त्रिलोचन भट्टले पूर्ण कार्यकाल मुख्यमन्त्रीको रुपमा बिताएका थिए। 
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ
सम्बन्धित सामग्री
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न... सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता मोरिसस भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको... सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् गृहमन्त्रीको सम्पत्तिमाथि उठेका प्रश्न र उनले 'गरिब भएर मर्नु पो गल्ती' भनेर दिएको जवाफलाई लक्षित गर्दै बमले यस्तो सुझाव दिएकी हुन्... सोमबार, चैत ३०, २०८२
ताजा समाचारसबै
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति मंगलबार, वैशाख १, २०८३
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै मंगलबार, वैशाख १, २०८३
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, वैशाख १, २०८३
सभामुख अर्यालसँग युएनडिपी प्रतिनिधिको भेट सोमबार, चैत ३०, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्