काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड छोरी गंगा दाहालसहित बुधबार साँझ ओली निवास बालकोट पुगेका हुन्।

सत्ता साझेदार दलका दुई नेताबीच मन्त्रालयलगायतको भागबण्डा कसरी मिलाउने भन्ने विषयमा छलफल भएको बालकोटनिकट स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।