तस्बिर : शेरबहादुर ऐर/नेपाल लाइभ
धनगढी– सुदूरपश्चिम प्रदेशमा प्रथम कार्यकालमा निर्वाचित जनप्रतिनिधिको कार्य अवधि सकिएको छ।
मुख्यमन्त्रीमा नेकपा (एमाले)का राजेन्द्र रावल नियुक्त भएसँगै २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्य अवधि सकिएको हो।

प्रथम कार्यकालका जनप्रतिनिधिलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले विदाइ तथा सम्मान गरेका छन्।
निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्री तथा प्रदेश सभा सदस्यहरूलाई खादा ओढाएर सम्मान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।