काठमाडौं– वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी नियुक्त भएका छन्। संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गर्ने गरेको हो।
यसअघिसम्म कृषि विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय अध्यक्ष रहँदा केसी संघमा उपाध्यक्ष रहेका थिए। संघको विधानले सीईओ नहुनेबित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।
एनएमबि बैंकका सीईओसमेत रहेका केसीले कृषि विकास बैंकबाट उपाध्यय बाहिरिएसँगै पुस ७ देखि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।