धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेस गरेका छन्।
रावलले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दिउँसो ४ बजेर ५५ मिनेटमा मुख्यमन्त्रीको दाबी गरेका हुन्।
सत्ता साझेदर दलका प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई बुझाउँदै रावलले मुख्यमन्त्रीमा दाबी पेस गरे।
उनलाई नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।