धनगढी– सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ।
प्रदेशको सभामुख पदमा नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारीको मनोनयन दर्ता भएको हो।
सत्ता समीकरण दलबीच सभामुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ। सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले मुख्यमन्त्री पाउनेछ।
सभामुखको निर्वाचन बिहीबार दिउँसो १ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।