काठमाडौं– अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ। मंगलबार राति यी दुई बीमा कम्पनीबीच मर्जर सम्झौता भएको हो।
उक्त सम्झौतापत्रमा युनाइटेडका तर्फबाट सञ्चालक रविन्द्रराज पन्त र अजोडका तर्फबाट चिरञ्जिवी दावाले हस्ताक्षर गरेका छन्। युनाइटेड र अजोडका बीचमा १००:९० को अनुपातमा सेयर आदान–प्रदान हुने गरी मर्जर सम्झौता भएको हो। मर्जरपछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स राख्ने सहमति भएको छ।
यसअघि गत असार ३२ गते प्रभु र अजोड इन्स्योरेन्सबीच एक आपसमा मर्ज हुने सम्झौता भएको थियो। उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका तर्फबाट सञ्चालक चिरञ्जिवी द्वालेले हस्ताक्षर गरेका थिए।
प्रभु र अजोडका बीचमा १००:७० को अनुपातमा सेयर आदान–प्रदान हुने गरि मर्जर सम्झौता भएको थियो। दुवै कम्पनीबिच स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर प्रकृया भाँडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।