काठमाडौं- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा लीला गिरीले दाबी पेश गरेका छन्। एमालेबाट निर्वाचित गिरीले गिरीले एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोसपा र स्वतन्त्र सांसद्हरु गरी ५८ सांसदको समर्थनमा दाबी पेश गरेका हुन्।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ४४ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गते पुस २१ गते मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि पुस २७ सम्मको समय दिएका थिए।
संघीय सरकारका साझेदार दलहरुबीच गत पुस २४ मा लुम्बिनी प्रदेशमा एमालेले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए। त्यहाँ माओवादी केन्द्रको पनि दाबी रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।