complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद

दयाल शाही अर्थात् केपी ओलीका तरबार  

64x64
धनु विश्वकर्मा बुधबार, पुस २७, २०७९  १४:४१
1140x725

काठमाडौं– सांसद दयाल शाहीलाई राजनीति भूगोलबाटै गर्नु थियो। त्यसैले स्नातकको पढाइपछि उनी काठमाडौंबाट बाजुरा फर्किए। परिस्थितिले २७ वर्षकै उमेरमा नेकपा एमाले जिल्ला कमिटीको नेतृत्व थमायो। 

तर, त्यो लामो समय टिकेन। अरुमाथि भएको अन्याय चुपचाप सहेर बस्न नसक्ने स्वभावले उनलाई पार्टीविहीन बनाएर काठमाडौं फर्कायो। जिल्ला कमिटी सचिव भएको समय अर्थात् २०५८ साल फागुनमा भएको सेती अञ्चल कमिटी बैठकमा उनलाई पनि निम्तो थियो, तर बाजुराबाट हिँडेर अछाम आइपुग्दा प्लेन छुटिसकेको थियो। एकदिन ढिलोगरी कैलाली पुगे। 

उनी कैलाली पुग्दा जिल्ला कमिटीबाट तत्कालीन एमाले नेता हनुमान चौधरी सदस्य समेत नरहने गरी निकालिसकिएका थिए। तत्कालीन कांग्रेस नेता रामजनम चौधरीसँग भिडेर कैलालीमा एमाले बलियो बनाएका हनुमान पार्टीबाटै हटाइएको विषय दयाललाई सह्य भएन। त्यसैमाथि माओवादीतर्फ थारु युवाको आकर्षण उत्कर्षमा पुगेका बेला रोक्न सक्ने नेता हनुमान रहेको दयालको बुझाइ थियो। लेखनमा रुचि राख्ने उनले एउटा पत्रिकामा ‘काग र फ्याउरोको कथा, एमालको व्यथा’ भन्दै लेख लेखे। जहाँ ‘कमरेड हनुमान हटाएर काम नलाग्ने हनुमान’ जम्मा पार्न नेतृत्व उद्दत भइरहेको उल्लेख थियो। 

यस्तो प्रवृत्तिले एमालेको ‘घर फर्क’ अभियान भैंसीको घर फर्केजस्तो प्रत्युत्पादक हुने लेखिएको थियो। 

नेतृत्वमाथि यो तहको कटाक्ष तत्कालीन अञ्चल ईन्चार्ज भीम रावल र पार्टी महासचिव माधव नेपालले सहन सक्ने कुरा भएन। दयाल भन्छन्, ‘अन्य ८ जिल्लामा सोही पक्षका नेताहरुको नेतृत्व थियो। बाजुरा मात्रै उहाँहरुको पकडमा थिएन। यो लेख नै सचिवबाट हटाउने लाइसेन्स भयो।’ 

Dayal_Bahadur_Shahi_11673427296.jpg

दयाललाई २०५४ सालमा एमाले फुट्‍नुमा बामदेव गौतमको ‘महत्वाकांक्षा’ र माधवको नेपालको ‘निकम्पापन’ कारक रहेको लागेको थियो। उनले अभिव्यक्तिमा त्यसलाई समेत मिसाएका थिए। त्यसअघि पनि बाजुरामा नेपाल गुटलाई प्रभाशाली बनाउन उनीमार्फत् गरिएका कोसिस उनले निस्तेज पारेका थिए। उक्त लेख तत्कालीन इञ्चार्ज रावल हुँदै महासचिव नेपालसम्म पुगेको उनी ठान्छन्। त्यही लेखले कलिलै उमेरमा खुलेको सम्भावनाको ढोकामा चुकुल लाग्यो। 

उनले सम्झौता गर्न चाहेनन्। आफूसँग बाँकी रहेको तर्क क्षमतायुक्त कलम बोकेर रावल र नेपालसँग केन्द्रमै लड्ने भन्दै काठमाडौं आइपुगे। उनी स्वीकार्छन्, ‘मसँग जति नैतिकता छ त्यो भन्दा बढी छुद्रता छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आफूले ‘ठूला भ्रमभन्दा सामान्य सत्य सही’ भन्ने मूल मन्त्रका साथ ७ महिना पार्टी सचिव चलाएको बताउँछन्। सचिव बन्ने परिस्थिति विविध कारणले आयो। त्यसमध्ये एउटा जिल्लाका माले र एमालेलाई एकै ठाउँ ल्याउन उनी आफैंले गरेको परिश्रम थियो। उनी भन्छन्, ‘सचिव भएकै दिन ओठ निचोरे दूध आउने व्यक्तिलाई पार्टीको जिम्मा दिइयो भनेर खिसिट्युरी गरियो। परिस्थिति नै त्यस्तै बन्यो कि नेतृत्व मैले नै गर्नुपर्ने भयो। तर मैले माले र एमाले एक बनाएर सचिवबाट बिदा लिएको हुँ।’ 

काठमाडौं आएपछि आफूलाई सचिवबाट हटाइनुको कारण सोध्न र आफूले गरेको संघर्ष सुनाउन महासचिव नेपाललाई भेट्ने प्रयास गरे। त्यसमा नेपाल मात्रै होइन,  तत्कालीन समय उनी निकट रहेका ईश्वर पोखरेल समेत तगारो बनेको उनको बुझाइ छ। तत्कालीन समयम अमृत बोहोरा, मोदनाथ प्रश्रित र केशव बडालले बाजुरा भ्रमण गरेका कारण दयालको संघर्ष देखेका थिए र नहटाउन लबिङ गरेका थिए। तर ‘नेपाल राज’मा आफ्नो कुरा सुनाइ नभएको उनी बताउँछन्। झन्डै ७ वर्ष अर्थात् २०६५ सालसम्म उनी साधारण सदस्य समेत हुन पाएन। 

सदस्यता खारेजीका पृष्ठभूमि अरु पनि थिए। दयाल माओवादी युद्धको जर्जर अवस्थामा उनी एमाले सचिव भएका थिए, त्यसअघिकका सचिव कर्ण थापालाई बहुविवाहको आरोप थियो। केन्द्रबाटै कर्णको साधारण सदस्यता समेत खारेज गर्ने दबाब थियो। उनले तत्कालीन एमालेका नेताहरुतिर फर्केर हेर्दा बहुविवाह गर्ने कर्ण एक्ला देखेनन्। तर केपी शर्मा ओली पक्षमा रहेका कर्ण तारो बनेको उनले थाहा पाए। गुटगत विषय मिसिएपछि उनले जिल्ला कमिटीबाट हटाउन सकिने, तर सदस्यता नै खारेज गर्न नसक्ने जानकारी गराए। दयालको यो भनाइ नेतृत्वका लागि असह्य थियो। 

दयालको आत्ममूल्याङ्कन छ,  ‘मिल्नेका लागि नौनीको डल्लो, चिल्नेका लागि बिच्‍छीको चल्लो।’ मदन भण्डारी र मनहोहन अधिकारीले बनाएको एमाले नेपालको नेतृत्वमा पुगेपछि खिइन थालेको महसुस यस्तै गतिविधिका कारण दयाललाई भएको थियो। केन्द्रमा नेपालइतर पक्षमा केपी ओली थिए, तर उनीसँग सानो समूह थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओली आफैं त धारिलो थिए, तर उनका पक्षमा रहेकाहरुको स्वर त्यति चर्को थिएन। सार्वजनिक टिप्पणीमा पनि त्यो समय नेपाल पक्षमा प्रदीप नेपाल र ईश्वर पोखरेलको कलम धारिलो चल्थ्यो, तर ओलीसँग त्यस्तो कोही थिएन। त्यसैले पार्टीभित्र आफूलाई किनारा पार्नेहरुविरुद्ध लड्ने तरबारका रुपमा ओलीले दयाललाई प्रयोग गरे।

२०५९ सालमा एमालेको सातौँ महाधिवेशन जनकपुरमा भयो। महाधिवेशनताका नै उनले ‘राता आँखे जनवाद र दाह्रे मस्टाको उन्माद’ भनेर लेख लेखे। जुन स्पेस टाइममा छापिएको थियो। लेखको सार थियो- धेरै नेताहरुलाई माधव नेपाल मन परेका छैनन्, तर उनकै बहुमत भएका कारण मौन बसेका छन्। जस्तो दानव र देवताको लडाइँ हुँदा दाह्रे मस्टाले त्यस्तै भूमिका खेलेका थिए। हेर्दा देवता थिए, तर जता जित भयो त्यतै लाग्ने भनेर बसिरहेका थिए। नेपाल बहुमतमा भएकाले धम्काएर पार्टी चलाइरहेका छन् भन्ने कटाक्ष थियो। 

नेपाललाई कटाक्ष गर्ने क्रम यतिमै रोकिएन। तत्कालीन समयका गाउँका बाहुनसँग तुलना गरे। बाहुनका विषयमा एउटा भनाइ चर्चत थियो-  मसँग १९ गाइ छन्, एउटा मरेपछि २० हुनेछन्। त्यसको अर्थ थियो गाउँमा एकजना मान्छे मर्‍यो भने २० पुग्छन्। माधव नेपाल पनि मदन भण्डारी र मनमोहनको निधनका बेला ‘काकताली’मा नेता भएका हुन् भन्ने मत शाहीको हुन्थ्यो। एमालेमा कोही प्रभावशाली आउँदा होइन, जाँदा उनी फाइदामा हुन्छन् भन्ने दयालको आशय थियो। उनकै पालामा वामदेव र सीपीले पार्टी फुटाएर गएका कारण कोही जाँदा नेपाल खुसी हुने उनले उल्लेख गरे।

उनको निरन्तरको लेखनबाट तत्कालीन समय किनारमा रहेका वर्तमान एमाले अध्यक्ष ओली प्रभावित भए। उनले दयाललाई भनेका रहेछन्, ‘तपाईं पनि मदन र मनमोहनको असली कार्यकर्ता हुनुहुँदो रहेछ। एमाले बिग्रेकोमा यो तहको चिन्ता छ। एमाले नेतृत्वलाई ठिक ठाउँमा राखिराख्न एउटा बागी कलम चाहिएको थियो। तपाईंमा त्यो प्रतिभा रहेछ। लेखन जारी राख्नुहोस्।’ 

त्यस्तो विकट भुगोलमा जन्मेर पनि गर्ने तर्क र लेख्न कला आउनु सामान्य नरहेको बताउँदै हौस्याए। आलोचनात्मक चेत भएको व्यक्तिको भविष्य हुने बताउँदै ढाडस दिए। पार्टीलाई तत्कालीन समयमा जिल्ला सचिव होइन, नेतृत्वलाई सही बाटो देखाउने लेखक चाहिएको भन्दै  उनलाई उत्प्रेरित गरे। 

ओलीका लागि नेतृत्वसम्म पुग्ने बाटो बनाउन लगातार नेतृत्वव गरिरहेका माधव नेपालहरुका कमजोरी एमाले कार्यकर्तामाझ पुर्‍याउने लेखकको खाँचो थियो। त्यो दयालमार्फत् पूरा हुने देखेपछि ओलीले नजिक राखे। कालान्तरमा दयालको कलम नेपाल र झलनाथ खनालको साख ताछ्ने तरबार सावित भयो। ओली गुट निर्माणको अग्रपंतिका योद्धाका रुपमा दयाल देखा परे। 

ओलीको नेतृत्वबाट एमालेमा केही फरकपन आउँदै गरेपछि उनले किताब नै लेखे। एमालेभित्रको अन्तरविरोधलाई लिएर कान्तिपुर लगायतका पत्रिकामा स्तम्भ लेखे। दयाल दाबी गर्छन्, ‘ओली नेतृत्वमा आएपछि उक्त समूहमा मिसिएर भान्सामा पाकेको मीठोमसिनो कसले खाए थाहा छैन, तर दाउरा बोक्ने दयाल हो।’

सम्झौता सधैं अस्वीकार
दयालको कलमले हानी त गरिरहेको थियो नै। विभिन्न पार्टीको नेतृत्व तुलना गर्दै गर्दा एमालेको पक्षमा लेखेको लेखबाट २०६६ सालमा माधव नेपाल पनि लाभावान्वित भए। नेपाल प्रधानमन्त्री भएको त्यो समयमा आफैंले बोलाएर सम्बन्ध विस्तार गरे। एक्कासी ७ वर्षपछि शाहीको सदस्यता समेत नवीकरण भएको खबर आयो। 

Dayal_Bahadur_Shahi1673427296.jpg

पार्टीभित्र बागी बनेर लडिरहेका उनको अर्को इलम थिएन। काठमाडौंमा उनले झन्डै १० वर्ष निकै दयनीय अवस्थामा गुजारे। कतिपय अवस्थामा उनी भोकै रहे, तर आफूमाथि भएको अन्यायलाई इख बनाएरै लडिरहे। 

उनी काठमाडौंमा ‘के खाउँ,  के लाउँ’को अवस्थामा गुज्रिरहेको देखेका उनका मित्रहरुले राजाको पालामा एउटा आकर्षक अफर ल्याए- बाजुरा जिल्ला सभापति हुने। हुम्लाका जीवन शाही (वर्तमान कांग्रेस नेता) दरबार पसेर जिल्ला सभापति भइसकेकका थिए। एकीकृत समाजवादीका तर्फबाट सांसद डोल्पाका धनबहादुर बुढा पनि बनेका थिए। उनीसँगै राजनीति गरेका उनीहरु दरबार पसिसकेकाले राजतन्त्रको समर्थन गरेर जीवनलाई उन्नत बनाउन दरबारनिकट उनका मित्रहरुले प्रस्ताव गरेका थिए। तर,  उनले सम्झौता गर्न चाहेनन्। 

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनपछि माओवादी ठूलो दल भयो। पहिलोपटक गणतन्त्रपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए। त्यही बेला एउटा लेख पनि लेखे। कान्तिपुरमा ‘माओवादीको लीला र एमालेको लालसा’ शीर्षकको लेख छापियो। जुन लेख तत्कालिन प्रचण्डको आँखामा पर्‍यो। लेखमा उनले प्रचण्डको नेतृत्व क्षमतामाथि अनेक उदाहरणमार्फत् प्रश्न गरेका थिए।  

वामपन्थी राजनीतिमै रहेका लोकेन्द्र भट्टराईमार्फत् उनलाई भेट्न बोलाए। प्रचण्डको खाना खाने प्रस्ताव थियो। उनको लेख मन परेपछि भनेका रहेछन्, ‘यत्तिको लेख्ने मान्छे चिनिरहनुपर्छ। भेट्न लिएर आउनुहोस्।’

दयालले इन्कार गरे। आफ्नो लेखनमा प्रभावित पार्न खोजेको उनलाई लाग्यो। पार्टी सदस्य नरहेपनि एमालेको ओली पक्षमा रहेर डटिरहेका उनले आफैंलाई प्रभावित पार्न चाहेनन्। 

मदन भण्डारीको प्रभावले राजनीति
दयाल २०२९ सालमा जन्मिदा उनको जन्मस्थल जेरा जुम्ला निर्वाचन क्षेत्रमा थियो। पछि कालिकोटमा पर्‍यो र अहिले बाजुराअन्तर्गत पर्छ। 

त्यसैले आफू कर्णाली र सुदूरपश्चिम दुवैतिरको साझा भावनाको प्रतिनिधित्व गर्ने बताउँछन् उनी। उनको पुर्खा राजनीतिक विरासतबाटै अघि बढेको हो। हजुरबुवा मुखिया थिए। उनका पिता भने व्यापारी भए। अन्न राम्रो फल्ने भएकाले त्यही व्यापार गर्थे उनका पिता।

उनले ३ वटा विद्यालबाट माध्यामिक स्तरको पढाइ पूरा गरे। तर्क गर्ने र अन्याय नसहने उनको स्वभावले विद्यालय परिवर्तन गराइरह्यो। बाजुराको जनप्रकाश माविबाट २०४७ सालमा एसएलसी पास गरेपछि आईए पढ्न काठमाडौं आइपुगे। 

काठमाडौं आइपुग्नुको कारण राजनीतिक रुचि थियो। सानैदेखि राजनीतिक कुरामा रुचि राख्ने उनले कम्‍युनिस्ट शासनका बारेमा नुन व्यापारीबाट सुनेका थिए। भोटबाट नुन ल्याउने ती व्यापारीले त्यहाँको शासन व्यवस्था सुनाएका थिए। 

२०४८ सालमा बाजुरामा एमालेका तर्फबाट सांसदको निर्वाचन लडेका हिक्मतबहादुर शाही उनका आफन्त थिए। त्यसैले उनलाई सघाउने परिवारको सल्लाहअनुसार उनी सहायक एजेन्ट बसे। त्यही नै उनको सक्रिय राजनीतिको विन्दु बन्यो। 

Dayal_Bahadur_Shahi_31673427298.jpg

काठमाडौंमा पढ्न आउँदा उनले पहिलोपटक जनमञ्ज साप्ताहिक पत्रिका पढे। जुन पत्रिकामा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँगको अन्तवार्ता थियो। पत्रिका भने चुनावअघिको रहेछ। समाचारको शीर्षक थियो- चुनावअघि एमालेको मुड। त्यहीँ भण्डारीको अन्तवार्ता थियो। त्यो अन्तरवार्ताले उनलाई भण्डारीप्रतिक आकर्षण बढायो। 

उनी आरआर क्याम्पसमा प्रारम्भिक कमिटीको सदस्य बने। मदन भण्डारीको जहाँ भाषण हुन्छ, त्यहाँ पुग्थे र उनका भनाइ दुरुस्तै कपीमा उतारेर फेरि पढ्थे। २०५० साल जेठ ३ मा मदन भण्डारीको रहस्यमय दुर्घटनामा निधन भयो। आफू पहिलोपटक त्यति धेरै रोएको उनी बताउँछन्। ‘यति पीडा सायद बुवाको निधन हुँदा पनि भएन होला,’ कुराकानीको क्रममा गला अवरुद्ध पार्दै उनले भने, ‘राजनीतिक रुपमा आइडल मात्रै होइन, गड फादर मानेको भएकाले म निकै दु:खी भएको थिएँ।’ 

त्यसपछि उनी काठमाडौंको बाजुरा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बने। सम्पर्क मञ्चका अघोषित संरक्षक भने उनी आज पर्यन्त छन्। उनको छत्रछायाँमा सम्पर्क मञ्चमा पुगेकाहरु अहिले नगरपालिकाका मेयरसम्म भएका छन्। प्रतिभाशाली राजनीतिज्ञका रुपमा उनीहरुलाई लिन्छन्। 

लामो संघर्षपछि उनलाई पार्टीले यसपल्ट सांसद बनाएको छ। उनीभन्दा निकै जुनियर, कम योगदान भएकाहरुले यसअघि नै सांसददेखि मन्त्री पद हासिल गरिसकेका छन्। तर उनले भने यसपल्ट मात्रै मौका पाए। 

पार्टीले विश्वास गरेर मन्त्री बनाउन सक्ने उनको बुझाइ छ र आकांक्षा पनि छ। ओलीलाई पार्टीमा स्थापित गर्न र एमालेलाई अहिलेको शक्ति बनाउन आफ्नो श्रम पसिना बगेकाले स्वभाविक दाबी हुने बताउँछन्। आफ्नै शैलीमा भन्छन्, ‘परिवार (एमाले) भोकै रहाँदा म पनि भोकै–प्यासै लडेँ। परिवारमा खिर पाक्दा (सरकारमा पुग्दा) म दाउरा चिरेर आएको मान्छेलाई भातमा (सांसदमै) चित्त बुझाऊ भन्नु अन्याय हुन्छ। चुल्होमा पाकेको कुरा श्रम गर्नेले दाबी गर्नु कसरी अस्वभाविक हुन्छ?’

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १४:४१
  • #नयाँ_सांसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन्। कांग्... बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्