काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्।
राष्ट्रपति भण्डारीले बुधबार सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गरेकी हुन्। ३०१औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी सिंहदबार अगाडि पुगेकी हुन्।
सोही अवसरमा राप्रपा र राप्रपा नेपालले चियापान कार्यक्रम पनि राखेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।