काठमाडौं– अमेरिकी राजदूत डिन आर थम्पसन र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ।
जनमतको पार्टी कार्यालय बुद्धनगरमा उनीहरुबीच भेट भएको हो। भेटमा दुई देशबीचको विकास र सहकार्यबारे छलफल भएको जनमत पार्टीले जनाएको छ।
मंसिर ४ गते भएको निर्वाचनपछि राउत मधेसमा नयाँ शक्तिको रुपमा देखा परेका छन्। प्रतिनिधि सभामा जनमत पार्टीको ६ सिट रहेको छ। मधेस प्रदेशमा उक्त दलले १३ सिट प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।