काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुईजना सांसदले विश्वासको मत दिएका छैनन्।
मंगलबार प्रतिनिधि सभामा प्रचण्डलाई राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसानपार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विश्वासको मत दिएनन्।
संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्ने उद्देश्यले सांसदद्वय केसी र सुवालले मत नदिएका बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा उपस्थित २७० सांसदमध्ये पक्षमा २६८ मत प्राप्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।