काठमाडौं– प्रतिनिधि सभाको सभामुखका लागि आउँदो माघ ५ गते निर्वाचन हुने भएको छ।
जसका लागि माघ ३ गते कार्यतालिका सार्वजनिक गरिने प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले बताए।
सत्ता गठबन्धनबीच भएको सहमति अनुसार सभामुख नेकपा एमालेले पाउनेछ। एमालेका तर्फबाट छबिलाल विश्वकर्मा र देवराज घिमिरेको नाम चर्चामा छ।
हाल प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राणाले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।