काठमाडौं– प्रतिनिधि सभाको बैठक माघ ५ गते सम्मका लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको घोषणापछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो।
बैठकको अध्यक्षता गरिरहेका प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे।
अब बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख चयनको कार्यसूची रहने ज्येष्ठ सदस्य राणाले जानकारी दिए।
मंसिर ४ गतेको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक सोमबार (पुस २५ गते) बसेको थियो। दोस्रो बैठकमा (मंगलबार) प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।