काठमाडौं– ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ।
बलात्कार आरोपमा प्रहरीले उदयपुरको गाईघाट नगरपालिका–७ घर भइ ललितपुर महानगरपालिका–२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई पक्राउ गरेको छ।
राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका राईविरुद्ध बलात्कार कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।