काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धको रणनीति बनाउँदै गर्दा सबैभन्दा बढी पृथ्वीनारायण शाहलाई पढेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीका लागि विश्वासको मत माग्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सशस्त्र जनयुद्धका लागि रणनीति र दस्तावेज बनाउदैँ गर्दा पृथ्वीनारायण शाहको युद्धनीतिबारे सबैभन्दा धेरै अध्ययन गरेको बताए। भौतिक दृष्टिकोणबाट बाइसे र चौविसे राज्यका राजा र रजौटाका हातबाट कसरी केन्द्रीकृत राज्य निर्माण गर्न अग्रगामी र प्रगतिशिल कदम लिइएको थियो भनेर आफूले त्यतिबेलै दस्ताबेजमा उल्लेख गरेको पनि प्रचण्डले बताए।
उनले भने, ‘आजको यो असाधारण सहयोग प्राप्त गर्दैगर्दा त्यो बेलाको नयाँ राष्ट्रिय एकता र संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत ऐतिहासिक परिवर्तन गर्ने नेतृत्व मलाई मुख्य रुपमा प्राप्त भयो,’ प्रचण्डले भने।
सबै समुदाय, वर्ग जातजातिको आन्दोलनको नेताका नाताले आजको घटनाले आन्दोलन र आफूप्रति न्याय भएको पनि प्रचण्डले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।