काठमाडौं– स्वतन्त्र सांसद प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएका छन्।
उनले प्रचण्ड सबैलाई एकताको सुत्रमा जोड्न सक्ने व्यक्ति भएको भन्दै विश्वासको मत दिने बताए। आजको आवश्यकता एकता भएर अघि बढ्नु भएकाले मिलेर देश चलाउनुपर्ने साहको भनाइ छ।
सरकार गैरनिर्वाचित संस्थाको अंकुशमा नजाने भन्दै जनताप्रति समर्पित भएर काम गर्ने विश्वास रहेको उले बताए। साहले जनताको अपेक्षा पूरा गर्नका लागि सबै दल एक भएर अघि बढ्नुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।