काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका सरकारका प्रतिबद्धताका ५० प्रतिशत मात्रै कार्यान्वयन भयो भने त्यो इतिहासकै 'गोल्डेन पिरियड' हुने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने- 'कुरा सुन्दाखेर साह्रै राम्रो र मीठो लाग्यो। कर्णप्रिय पनि थियो। र म उहाँसँग विनम्र अनुरोध गर्न चाहन्छु, ५० प्रतिशत मात्रै कार्यान्वयन भयो भने नेपालको आधुनिक इतिहासकै सबैभन्दा 'गोल्डेन पिरियड' हुन्छ सरकार र नेपाली जनताका लागि।'
उनले जनताको विश्वास जित्न सुझाए। 'किनकि सरकार र राजनीतिक दलमाथि, राजनीतिक व्यवस्थामाथि जनताको व्यवस्था उड्दै गएको छ। यो चुनौतीपूर्ण छ', उनले भने।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा सिंहले पनि समर्थन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।