काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले संसद्को अकगणितको खेलमा रुमल्लिने सम्भावना रहेको बताए। उनले आफूसँग भएको संख्यालाई कसरी कायम राख्ने भन्ने चुनौती रहेको भन्दै त्यसभित्र मिलाएर लैजान चुनौतीपूर्ण रहेको बताए।
उनले प्रतिपक्ष ठूलो आकारको भएकाले त्यसलाई सहमति र समझदारीका साथ अघि बढ्नुपर्ने चुनौती सरकारलाई रहेको उनले बताए।
शुक्लाले नेपाली कांग्रेसले सर्मथन दिएर सुखद शुरु गरेको तर देशभर नै असन्तुष्टि भएकाले यसलाई सम्बोधन गर्न सहज नभएको बताए ।
उनले नागरिकता विहिनताको विष लामो समयदेखि बाँकी रहेकाले यो सरकारलाई पनि यो एउटा चुनौती भएको बताए। नागरिकताका लागि विधेयक निर्माण गर्दै अन्तिममा पुगेपछि प्राप्त हुन नसकेको भन्दै उनले पनि अब उधारोमा चित्त नबुझ्ने बताए।
उनले देशको अर्थतन्त्र संकटउन्मुख भएको भन्दै यसलाई प्रधानमन्त्रीले पनि स्वीकार गरेको बताए। उनले देशको समग्र कुरालाई ख्याल गर्दै विश्वासको मत दिने निर्णय गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।