काठमाडौं- जनमत पार्टीकी सांसद अनिता देवीले आफ्नो पार्टीको माग र प्रतिबद्धता पूरा गर्ने सर्तमा सरकारलाई समर्थन रहेको बताएकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो पार्टीका मुख्य अजेन्डाहरु पनि प्रस्तुत गरिन्।
नागरिकता विधेयक पारित गर्ने र नागरिकताको समस्या सधैंको लागि समाधान गर्ने, किसान आन्दोलनका मागहरु सम्बोधन गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सकारात्मक प्रगति गर्ने र सकारात्मक वातावरण सिर्जना गर्ने लगायतका अजेन्डाहरु उनले प्रस्तुत गरिन्।
उनले जनमत पार्टीलाई काखापाखा नगरी अगाडि बढ्न अन्य पार्टीलाई अनुरोध गरिन्। थ्रेस होल्ड राखी नयाँ पार्टीलाई आउन गाह्रो बनाइएकोमा उनको असन्तुष्टि थियो।
प्रतिनिधि सभामा जनमत पार्टीको ६ सिट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।