काठमाडौ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विघटन गर्न पाइन्छ भनि संसदमा गर्जने कुरामा सचेत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यो संविधानले विघटन गर्ने कुरा नै नगरेको र यो असंवैधानिक हुने भएकाले यसलार्ई आफूहरुले प्रतिगमन भनेको उनले स्पष्ट पारे।
सरकारले विश्वासको मत लिने दिन मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै नेता नेपालले संविधानप्रतिको प्रतिबद्धता छ कि छैन भनेर शंका गर्नुपर्ने आउन लागेको बताए। उनले ओलीप्रति लक्षित गर्दै यसो भनेका थिए। प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनि सत्ता पक्षकै नेताले नै भाषण गरेको भन्दै उनले यो सत्ता गठवन्धनको धारणा हो? भनि प्रश्न गरे।
नेता नेपालले बेलायत हो कि २०५८ को संविधान हो भनि ओलीमाथि कटाक्ष गरे।। उनले गिरिजाप्रसाद कोइरालाले गरेयता नेपालमा संसद् विघटन नभएको दाबी गर्दै ओलीले गरेर प्रतिगमन ल्याएको बताए।
‘गठबन्धनमा गम्भीर भएर समीक्षा भएको होला भन्ने सोचेको तर यहाँ त मञ्चमा गर्जेको मैले सुने,’ उनले भने, ‘तर त्यो भएको रहेनछ । सर्वोच्च अदालतले संविधानको व्याख्या गरिसकेको छ। तर यहाँ फेरि पनि यही गर्जन देखियो प्रधानमन्त्री होसियार हुनुहोला।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिलेको संविधानमा विगतका गल्तीबाट पाठ सिकेर संसद् विघटन रोकिएको दाबी गरे।
दुई वर्षपछि सरकारलाई अविश्वासको मत दिने उनले स्पष्ट पार।
भ्रष्टाचार निकै ठुलो समस्याको रुपमा रहेको भन्दै नेता नेपालले गैरजिम्मेवार प्रवृत्ति पनि बढेको बताए । कुराले चिउरा नभिज्ने भन्दै उनले कुरामा होइन अब काम गर्नुपर्ने बताए ।
नेपालमा राजनीतिक इच्छाशक्ति नभएका कारण समस्या आइरहेको भन्दै उनले भ्रष्टाचारमा संलग्न जो सुकैलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।