काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुन: सरेको छ। मंगलबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने जानकारी दिए।
यसअघि पनि कांग्रेसले २२ गते बोलाएको बैठक २८ गतेका लागि सारेको थियो।
सत्ताबाट बाहिरिएपछि पार्टीभित्रै आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले समसमयिक राजनीति र निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक डाकेका थिए।
तर, पछिल्लो समयमा विकसित भइरहेको राजनीतिक घटनाक्रमले कांग्रेस बैठक प्रभावित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।