काठमाडौं– जनता समाजवादी पार्टीका सांसद असोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा प्रतिनिधि सभामा बोल्दै सांसद राईले प्रधानमन्त्री प्रचण्डका कुरा मननीय भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए।
‘प्रधानमन्त्रीका प्रतिबद्धता मननीय छन्, त्यसकारण हाम्रो पार्टी संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ,’ उनले भने।
उनले जनताका विकासका आकांक्षा अधुरा रहेको बताए। उनले भने, ‘हामी विकासका चरणका संरचना तयार गर्ने क्रममा गुज्रिरहेका छौं। मलाई लाग्छ, पूर्वप्रधानमनत्री जी कसैले पनि गर्न नचाहेर होइन। गर्न चाहँदा चाहँदै पनि विकास हठात्, अचानक, टप्किने विषयवस्तु नभएको हुनाले यो,क्रमबद्ध प्रक्रिया भएको हुनाले पनि कयौं कुरा हुन सकेनन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।