काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने घोषणा गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परियारले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु व्यक्तिका रुपमा मात्र नयाँ नभएर विचारमा समेत नयाँ भएको दाबी गरे।
उनले भने, ‘हामी व्यक्तिका रुपमा मात्रै नयाँ छैनौं। हामी विचारका रुपमा पनि नयाँ भएर आएका छौं। हामी यो समाजको नयाँ विचार बोकेर आएका छौं। यो जटिल समयको समाधान बोकेर आएका छौं।’
सांसद परियारले लोकतन्त्रलाई प्रक्रियामा मात्रै नभए व्यवहार बनाउनुपर्ने बताए। उनले आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउँदै सरकारले कस्तो काम गर्ने भन्ने विषयमा आफूहरु सचेत रहेको उल्लेख गरे।
उनले निर्मला पन्तदेखि रुकुमको स्वति घटनाका सन्दर्भमा न्याय सम्पादन हुनेमा विश्वस्त रहन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।