काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सर्मथन दिँदै पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद समेत दिएका छन्।
राष्ट्रिय एकता दिवस वा पृथ्वीजयन्ती कुनै एउटा पार्टीको मात्र नभएको उनको भनाइ छ।
उनले प्रतिनिधि सभाको संरचना विशेष रहेको भन्दै सबै राजनीतिक शक्ति मिलेर जानुपर्ने जनादेश भएकाले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने पत्रमा हस्ताक्षर गरेको बताए।
उनले लामो समयदेखि सुशासनको अपेक्षा गरेको र विकासको कुरा पर्खेको भन्दै सरकारले यसमा काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।