• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले सोमबार चालेका दुई ‘मुभ’, जसले प्रचण्ड र देउवालाई पुन: नजिक ल्यायो

64x64
नवीन झा मंगलबार, पुस २६, २०७९  १९:५०
1140x725

काठमाडौं– १५ दिन अगाडि कांग्रेस सभापति शेरबहादुर देउवासँग असहमति राख्दै एमाले अध्यक्ष केपी शर्मा ओली निवासतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार साँझ पुनः देउवातिर सोझिए। यो १५ दिनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने देउवा सत्ताबाहिर पुगेका छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस सत्ता बाहिर हुन पुगेकोमा देउवाले आलोचना खेपिरहेका छन्। यसैबीच, विगत दुई वर्षदेखि सत्ताबाहिर रहेको एमाले सत्ताकै प्रमुख साझेदार बन्न पुगेको छ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड एकाएक कांग्रेस सभापति देउवा निवास धुम्बाराहीतिर लागेपछि चर्चा पाउन स्वाभाविक थियो। त्यहीमाथि उनले आफ्ना लागि विश्वासको मत मागेको र देउवाले समर्थन जनाएको समाचारले थप चर्चा पायो। पार्टीभित्र असन्तुष्टि हुँदाहुँदै देउवाले विश्वासको मत दिने सहमति जनाएका थिए। मंगलबार बिहानको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय दलको बैठकबाट कांग्रेसले औपचारिक रुपमै विश्वासको मत दिने निर्णय लिएको थियो।

Sher-bahadur-deuba-pushpakamal-dahal-prachanda1673272768.jpg

कांग्रेसको निर्णयमा पार्टीभित्रै असहमति व्यक्त भएका छन्। तर, देउवा प्रधानमन्त्री प्रचण्डकै पक्षमा उभिएका छन्। देउवाको यो निर्णयले संसद् प्रतिपक्षीविहीन बन्न पुगेको छ। जानकारहरुले कांग्रेसको निर्णयलाई अस्वाभाविक रुपमा लिएका छन्। तर, प्रचण्ड र देउवालाई पुनः निकट बनेको परिप्रेक्ष्यमा सोमबारका दुई घटनाक्रमलाई केलाउन वाञ्छनीय हुन्छ।

सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित अन्य सबै दलहरुका शीर्ष नेताहरुले शुभकामना मन्तव्य दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफू प्रधानमन्त्री हुँदा गरेको दुई पटकको प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्ने प्रयत्न गरे। उनले प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन पनि नभएको दोहोर्‍याए।

ओलीको उक्त अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्डलाई अहसजिलो बनाएको सहजै बुझ्न सकिन्छ। किनकि, ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको नेतृत्व उनैले गरेका थिए। र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएर प्रतिनिधि सभाको पूर्ण कार्यकाल सुनिश्चित गराएका थिए।

संसद बैठकपछि प्रधानमन्त्री प्रचण्डलाई प्रत्रकारहरुले ओलीकै अभिव्यक्तिका सन्दर्भमा प्रश्न तेर्स्याएका थिए। तर उनले कुनै प्रतिक्रिया जनाएनन्। मौन रहेरै बाहिरिए। परिस्थिति यस्तो छ, प्रचण्डलाई ओलीका बारेका आलोचनात्मक टिप्पणी गर्न अप्ठ्यारो छ। किनकि, ओलीकै आडभरोसामा उनलाई सत्ता प्राप्त भएको छ।

कांग्रेस महामन्त्री गगन थापाले त सोमबार नै संसद् भवन परिसरमा ओलीको अभिव्यक्ति नै प्रचण्डसँग विग्रहको कारक बन्न सक्ने आशंका व्यक्त गरेका थिए। प्रचण्डले पनि सो परिस्थितिलाई आकलन गरेरै देउवासँग पुग्न उत्प्रेरित भएको हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

साथै, सोमबार नै एमाले अध्यक्ष ओलीले अर्को व्यवहार देखाए। जसको खासै चर्चा भएन, तर सांकेतिक थियो। सोमबार साँझ सतारुढ दलहरुले नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरे। त्यस कार्यक्रममा एमाले अध्यक्ष ओली मुख्य र बीचको कुर्सीमा बसेका थिए, प्रधानमन्त्री प्रचण्ड भने छेउमा। यसले कुनै न कुनै रुपमा प्रचण्डमाथि ओलीको ‘प्रभुत्व’ पुष्टि गर्थ्यो।

Prachanda_Oli1673343607.jpg

हुन त ओली सत्तारुढ दलहरुको समन्वय समितिका संयोजक हुन्। त्यसैले उनलाई बीचमा राखिनु सान्दर्भिक हो भन्ने तर्क गर्न सकिएला। तर, तत्कालीन नेकपामा ओली  र प्रचण्डमा विग्रह उत्पन्न हुनुमा अन्य कैयौँ कारण जस्तै कुर्सीको ‘पोजिसन’को पनि भूमिका थियो।

आफूमाथि ओलीको दबदबालाई सुरुमै ‘साइज’मा ल्याउने एउटा प्रयत्नस्वरुप प्रचण्डले देउवासँग संवाद बढाएका हुन सक्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसो त, यी सबै घटनाक्रममा कांग्रेस र देउवाको आफ्नै रणनीति देखिन्छ। ऊ एमाले र माओवादीलाई अलग राख्ने रणनीतिमा देखिन्छ। तत्कालमा विभिन्न पदहरुमा हुने भागबण्डा र भविष्यमा सत्ता सम्भावना समेत त्यसमा जोडिन्छन्।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्