• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

रेबिज राेगबारे जानौं

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  २३:३२
1140x725

रेबिज रोग दुई प्रकार हुन्छन्। पहिलो, क्लासिकल अथवा फिउरिअस र दोस्रो, प्यारालाइसिस गराउने रेबिज अथवा प्यारालाइटिक रेबिज।

यी रेबिजका प्रकारहरु लक्षणका आधारमा पहिचान वा छुट्याउने गर्ने गरिन्छ। प्यारालाइटिक रेबिज अति दुर्लभ रेबिज हो। तथ्यांकलाई आधार मान्ने हो भने सबै रेबिजका केश झन्डै ३० प्रतिशत प्यारालाइटिक रेबिज हुने गर्दछ। तर जनावरको सानोतिनो टोकाइ वा चिथारेको इतिहास भने धेरै व्यक्तिले बिर्सने गरेकाले प्यारालाइटिक रेबिजका रोगी स्नायु अथवा हाडजोर्नी विशेषज्ञहरुकहाँ पुग्ने गर्दछन्। तसर्थ ३० प्रतिशतसम्म देखिनुपर्ने प्यारालाइटिक रेबिज नेपालमा अहिलेसम्म सप्रमाण देखिएको कुरा कुनै अनुसन्धान लेखमा पाइँदैन। यो केश नै प्यारालाइटिक रेबिजको नेपालमा पहिलो केश हुनुपर्छ। तसर्थ यदि पहिले कुनै जनावरले टोकेको इतिहास भए रेबिजलाई पनि अरु रोगसँगै छुट्याउनु आवश्यक हुन्छ। 

केही हप्ताअघि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको बहिरंग विभागमा स्यालको टोकाइबाट पीडित ३५ वर्षीय पुरुष आइपुगेका थिए। उनलाई एक महिनाअगाडि स्यालले टोकेको रहेछ। एक हप्ताअघि सुरुमा तल्लो ढाड असाध्य दुखेको र लगतै एउटा खुट्टा राम्रोसँग नचल्ने भएकोले परामर्श र उपचारका लागि उनी काठमाडौँ आएका रहेछन्।

स्यालले बिरामीको टाउको, आँखा र खुट्टा लगायत विभिन्न भाग टोकेको थियो। अस्पताल आउँदा बिरामीको चेतनाको स्तर सामान्य थियो भने अधिकांश रेबिज रोगीमा देखिने हावा र पानीदेखि डराउने लक्षण थिएन। त्यतिबेला लगभग अरु १५ जनालाई पनि त्यही स्यालले टोकेको थियो, जसमा एक जनाको तत्काल मृत्यु भयो। रेबिजविरुद्धको सुई लगाउँदै गर्दा उनमा लक्षणहरु देखा परेको थियो। बिरामीले स्थानीय अस्पतालमा उपचार गरे तर सुधार भएन। यस अस्पतालमा पिसाब फेर्नमा कठिनाइ लगायतका स्वास्थ्य समस्या थपिँदै गएपछि बिरामीलाई आफ्नै घर लगिएको थियो। त्यहाँ पुगेपछि पूर्ण रुपमा बिरामीको बोली बन्द भयो। अन्तत: उनको  मृत्यु भयो।

विश्वमै भारत सबैभन्दा बढी रेबिज रोगको कारणले मृत्यु हुने देशमा पर्दछ। विश्व स्वास्थ्य संगठन अनुसार विश्वको झन्डै ३६ प्रतिशत रेबिजको कारणले हुने मृत्यु भारतमा मात्रै हुने गर्दछ। तथ्यांकले रेबिजका केशहरुमा झन्डै ३० प्रतिशत प्यारालाइसिस गराउने रेबिज हुन्छ भने पनि भारतमा फाट्टफुट्ट मात्र रिपोर्ट हुने गरेको पाइन्छ। त्यसमा पनि कुकुर वा बिरालोको कारण प्यारालाइटिक रेबिज देखिएको अति कम केशहरु रिपोर्ट भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्वमा एउटा मात्र स्यालको टोकाइबाट प्यारालाइटिक रेबिज भएको रिपोर्ट भएकोले सायद यो नै विश्वमा दोस्रो स्यालको टोकाइबाट भएको प्यारालाइटिक रेबिज हुन सक्दछ। 

हालसम्म प्रकाशित वैज्ञानिक लेख होस् वा मेडिसिनका किताब। प्यारालाइटिक रेबिज धेरै जस्तो जंगली चमेराका कारणले हुने कुरा पढ्न पाइन्छ। नेपालको यो केशले हालसम्म पढ्दै आएको शिक्षा वा जानकारीलाई नै चुनौती दिएको छ भने नयाँ अनुसन्धानको आवश्यकता र बिस्तारै शिक्षामा समेत परिमार्जन गर्दै जानुपर्ने महसुस गराएको छ। 

चिकित्सकीय शिक्षा सधैँ परिवर्तनशील र परिमार्जित हुँदै आएको छ र हुनु पनि पर्छ। नयाँ मेडिसिनका जानकारीहरु विकसित देशबाट मात्र सिक्नुपर्छ भन्ने छैन। अनुसन्धानको अवसर पाए नेपाल जस्तो देशहरुले पनि नयाँ तथ्य पत्ता लगाउन सक्छ। त्यो विश्वको लागि नै अनुकरणीय हुन सक्दछ। 

आगामी वर्षदेखि विश्व स्वास्थ्य संगठनले जनावरको टोकाइपछि लगाउने एन्टी रेबिज सुईमा लगाउने तरिका र मात्रामा ठूलो परिवर्तन गर्दैछ र यो परिवर्तन कुनै विकसित देशका वैज्ञानिकहरुले गरेको अनुसन्धानको आधारमा नभई हाम्रै छिमेकी देश भारतका एक सरकारी चिकित्सक वैज्ञानिकको अनुसन्धानको आधारमा हुन लागेको हो। जुन हाम्रो जस्तो देशको लागि प्रेरणादायी हुनेछ। 

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  २३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्