काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन संसद् एकताबद्ध हुने अपेक्षा व्यक्त गरेकी छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद शर्माले स्वतन्त्र सांसदहरुलाई समेत विश्वासको मत दिन आग्रह गरिन्। उनले भनिन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूले संसदको रोस्ट्रममा उभिएर राख्नुभएको जुन विश्वासको मत छ।त्यो प्रस्तावको पक्षमा हामी सबै उभिने छौं। यो सिंगो संसद् उभिनेछ।’
उनले नेपालको सन्दर्भमा संकटको अवस्थामा नेपालका राजनीतिक पार्टीहरु एक ठाउँमा उभिएर संकटको समाधान गर्छन् भन्ने सन्देश आम जनतामा दिनुपर्ने बताइन्। उनले यो ऐतिहासिक दिन भएकाले सहकार्य र सहमतिका लागि पनि विश्वासको मत दिन आग्रह गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।