काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई राप्रपासँग दाँज्दै लोकतन्त्रको नयाँ भाष्य बनाएको बताए। मंगलबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै धन्यवाद ज्ञापन गरे।
प्रतिनिधि सभा विघटनको विषयमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले उठाएको विषयमा भने ओलीले ‘कडा’ प्रतिक्रिया दिए। ‘ २०१५ सालमा संसद् बन्यो, २०१७ सालमा विघटन भयो। त्यसको विघटन गर्ने राजा महेन्द्र हुन्। म होइन। २०४८ सालमा निर्वाचन भयो।०५१ सालमा विघटन भएर मध्यावधिमा जाने नेपाली कांग्रेस हो। म होइन,’ ओलीले देउवालाई संकेत गर्दै भने, ‘गुरुजी, कतिपल्ट संसद् विघटन भयो? कतिपल्ट के भयो? माननीय शेर बहादुरजीले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधी गएको होइन। म मेरा मित्रलाई सोध्न चाहान्छु, यहाँले होइन संसद विघटन गर्या होइन? मैले त्यतिबेला समर्थन गरेको थिएँ। अरुले विरोध गरेको भए पनि।’
उनले कांग्रेसले प्रतिनिधि सभा विघटन गरेको स्मरण गर्दै आफूले गरेको संसद् विघटन पनि सही नै भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।