काठमाडौं– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा मन्त्रालयहरु घटाउन लागेको बताएका छन्।
मंगलबार बिहान मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको बताएका हुन्।
उनले मंगलबारदेखि नै प्रदेशको मुख्यमन्त्रीको पदभार समेत ग्रहण गरेका छन्। मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको र समितिले १५ दिन भित्रमा प्रतिवेदन दिने बताए।
पदभार ग्रहणअघि मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बिनाविभागीय मन्त्रीको रुपमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेश प्रमुखको कार्यालय हेटौंडामा शपथग्रहण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।