काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अवस्था बदल्नका लागि आफूलाई एकपटक विश्वासको मत दिन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले जनताको अवस्था बदल्नका लागि विश्वासको मत दिन आह्वान गरेका हुन्।
उनले भने, ‘मलाई कुनै दुविधा छैन। एउटा कप्तान, केवल एउटा टिमका रुपमा सफल हुन्छ। मैले लिएका लक्ष्य केवल सरकारको घटक मात्र होइन, सिंगो संसद्लाई साथसाथै लैजान सके मात्र पूरा हुनेछ।’
उनले निषेध र अपमान नभएर सहकार्य र आपसी विश्वासको मत आवश्यक भएको दोहोर्याए। उनले संसद्मा रहेका सम्पूर्ण दलहरुलाई विश्वासको मत दिन आग्रह गरे।
प्रधानमन्त्री प्रचण्डले आफू सबैको साथ र सहयोग लिएर विश्वासको मत लिन चाहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।